Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि


    सोमबार, पुष २२ २०८१
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका-१३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरु हुनेछ।

    प्रतियोगितामा ३० टिमको सहभागिता रहने छ। आयोजक क्लबका अध्यक्ष निरज खड्काले जनाएका अनुसार एट ए साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नु पर्ने छ।

    विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ।

    प्रतियोगिताको पहिलो दिन ५ खेल हुनेछ। पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल जावलाखेल मैदानमा खेलाइनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार