Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ घट्यो, तोलाको कति पुग्यो ?


    आइतबार, पुष २१ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसनर आज सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा एक हजार ५ सय रुपैयाँले घटेको हो ।

    आज छापवाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार