काठमाडौं – डलर साट्ने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्ने ४७ वर्षीय सुजित मिजार रहेका छन्।
पुस ३ गते दमक नगरपालिका वडा नम्बर १२ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ९ धुम्बाराही बस्ने ५५ वर्षीय हरिकृष्ण बरालबाट पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त ठिमीको टोलीले मिजारलाई सल्लाघारीबाट पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार डलर साट्ने बहानामा बराललाई मिजारले मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ मध्यपुर अस्पताल नजिक बोलाएका थिए।
त्यहाँ पुगेपछि मिजारले रुमालले बेरेको पैसा आकारको बिटो देखाएर पाँच लाख रुपैयाँ लिए। मिजार हिँडेपछि रुमाल फुकाल्दा बरालले पैसाको आकारमा काटिएको कागजको बिटो मात्रै भेटे।
त्यसपछि बराल प्रहरीमा गुनासो गर्दै पुगेका थिए। मिजारलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त ठिमीमा पठाइएको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend