Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ तोलामा २ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, पुष १९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा दुई हजारले बढेको हो ।

    आज अघिल्लो दिनको तुलनामा २ हजारले बढेर छापवाल सुन प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा १ हजार ८१०रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    बिहीबार चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार