Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पिंगलास्थानमा युवती मृत्यु प्रकरण- जापान जाने तयारीमा थिइन् सुस्मिता, युवक फरार


    बिहिबार, पुष १८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – काठमाडौँको पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा मृत फेला परेकी युवतीको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। गेस्ट हाउसमा युवतीको हत्या गरेर सँगै बसेका युवक ढोकामा बाहिरबाट चाबी लगाएर फरार भएको प्रहरीको प्रहरीको आशंका छ। उनको पहिचान भइसकेको र खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ।

    मृतक युवती काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिकाकी २२ वर्षीया सुस्मिता खड्का हुन्। उनी जापान जाने तयारीमा रहेको परिवारले प्रहरीलाई जानकारी दिएका छन्। उनीहरू बौद्धमा बस्दै आएकी थिइन् । प्रहरीले संकलन गरेको विवरणअनुसार, ती युवक केही समयअघि मात्रै जापानबाट फर्किएका हुन्। उनी बिहीबार नै जापान फर्किने तयारीमा थिए। उनीहरू नयाँ वर्षको अघिल्लो दिन गेस्ट हाउसको कोठा नम्बर ३०८ मा बसेका थिए।

    बुधबार दिउँसो ढोका नखुलेपछि गेस्ट हाउसका सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा फोडेर हेर्दा युवती मृत भेटिएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ। आफन्तले प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार