Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एलिट कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा


    बिहिबार, पुष १८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – ‘जय ट्रफी मेन्स एलिट कप(२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट संघले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

    सन्दीपको कप्तानीमा रहेको टोलीमा सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम रहेका छन् ।

    साथै इशान पाण्डे, विपीन आचार्य, शुभ कंसाकार, रोशन विक, सूर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी पनि टोलीमा समेटिएका हुन् । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा जय ट्रफी मेन्स एलिट कप यही पुस २१ गतेदेखि माघ ३ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार