Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • बिहिबार सुनचाँदीकै भाउ बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, पुष १८ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

    आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार सात सय ९० रूपैयाँ कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार