Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा


    बिहिबार, पुष १८ २०८१
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज(बिहिबार) एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

    ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (९) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी १२ निर्माण व्यवसायीरआपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो।

    उक्त कम्पनीहरूलाई तीन वर्षदेखि न्यूनतम एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएका निर्माण व्यवसायीरआपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार