Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका ५ एसएसपीको सरुवा, को कहाँ पुगे ?


    बुधबार, पुष १७ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ । मंगलबार साँझ गृहमन्त्री स्तरीय निर्णयबाट पाँच एसएसपीहरूको सरुवा भएको हो ।

    सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा भएका छन् । परिसर ललितपुरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ ।

    रानीपोखरीका एसएसपी विनोद घिमिरेलाई भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ ।

    अपराध अनुसन्धान विभागमा कार्यरत रहेका एसएसपी भूपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार