Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै


    बुधबार, पुष १७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बुधबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले १४ पुस आइतबार ७० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो । जसमा बैंकहरुले ६२ अर्ब ५ करोड लगानी गर्न तयार भएपछि सोही अनुसार राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत तरलता प्रशोचन गरेको थियो ।

    बुधबार पुनस् ४० अर्ब तरलता प्रशोचनको लागि निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । उक्त उपकरणमा लगानी गर्ने बैंकले सावाँ र ब्याज १ माघमा फिर्ता पाउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार