Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    मंगलबार, पुष १६ २०८१
    2K
    Shares
    रजनी श्रेष्ठ
  • ३ मिनेट पाठ
  • काठमाडौं – स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, उपभोक्ता समितिका अध्यक्षसहित १२ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्जुनचौपारी गाउँपालिका वडा नं। १ को आव २०७५र०७६ र आव २०७६ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन काम गरी आर्थिक लाभ लिएको भन्दै आज (मंगलबार) विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    सो सम्बन्धमा अख्तियारले गरेको अनुसन्धानका क्रममा आव २०७५र७६ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम व्यवस्थापन क योजनाको ‘प्रोभाइडिङ मिक्सिङ एन्ड प्युरिङ ९१ः२ः४० मेसिन मिक्स कंक्रिट’ आइटमको सबै ठाउँको ढलान भत्किई २७ लाख ५ हजार ११ रुपैयाँ ७ पैसा बराबरको क्षति पुष्टि भएको जनाइएको छ ।

    अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष अर्याल र तत्कालीन इन्जिनियर नविन थापाविरुद्ध ३५ लाख ३९ हजार ३३१ रुपैयाँ ६५ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१)बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिएको छ।

    यस्तै, कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, तत्कालीन सब इन्जिनियर सूर्यप्रसाद पौडेल, सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्ण प्रसाद काफ्ले र कोषाध्यक्ष हिम कुमारी केसीविरुद्ध २७ लाख ५ हजार ११ रुपैयाँ ७ पैसा बिगो कायम गरिएको अख्तियारका प्रवक्ता देवि प्रसाद थपलियाले बताए ।

    यसैगरी कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतम, तत्कालीन इन्जिनियर सुदिप आचार्य र तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गल देवी थापा मगर, सचिव विष्णु कुमारी विक र कोषाध्यक्ष एक नारायण देवकोटामाथि ८ लाख ३४ हजार ३२० रुपैयाँ ५८ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार