काठमाडौं – स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, उपभोक्ता समितिका अध्यक्षसहित १२ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्जुनचौपारी गाउँपालिका वडा नं। १ को आव २०७५र०७६ र आव २०७६ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन काम गरी आर्थिक लाभ लिएको भन्दै आज (मंगलबार) विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सो सम्बन्धमा अख्तियारले गरेको अनुसन्धानका क्रममा आव २०७५र७६ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम व्यवस्थापन क योजनाको ‘प्रोभाइडिङ मिक्सिङ एन्ड प्युरिङ ९१ः२ः४० मेसिन मिक्स कंक्रिट’ आइटमको सबै ठाउँको ढलान भत्किई २७ लाख ५ हजार ११ रुपैयाँ ७ पैसा बराबरको क्षति पुष्टि भएको जनाइएको छ ।
अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष अर्याल र तत्कालीन इन्जिनियर नविन थापाविरुद्ध ३५ लाख ३९ हजार ३३१ रुपैयाँ ६५ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१)बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिएको छ।
यस्तै, कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, तत्कालीन सब इन्जिनियर सूर्यप्रसाद पौडेल, सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्ण प्रसाद काफ्ले र कोषाध्यक्ष हिम कुमारी केसीविरुद्ध २७ लाख ५ हजार ११ रुपैयाँ ७ पैसा बिगो कायम गरिएको अख्तियारका प्रवक्ता देवि प्रसाद थपलियाले बताए ।
यसैगरी कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतम, तत्कालीन इन्जिनियर सुदिप आचार्य र तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गल देवी थापा मगर, सचिव विष्णु कुमारी विक र कोषाध्यक्ष एक नारायण देवकोटामाथि ८ लाख ३४ हजार ३२० रुपैयाँ ५८ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend