Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • वीरगन्जबाट १६० किलो गाँजासहित २ जना प्रहरी नियन्त्रणमा


    सोमबार, पुष १५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रहरीले वीरगन्जबाट १६० किलो गाँजासहित २ जना नियन्त्रणमा लिएको छ ।

    वीरगन्ज महानगरपालिका-१८ भवानीपुर सिताराम चोकस्थित प्लास्टिक कारखाना अगाडि आइतबार राति ना ३ ख ४२१२ नम्बरको ट्रकमा लुकाइ छिपाई राखेको अवस्थामा १ सय ६० किलो गाँजा बरामद गरेको हो ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले परानीपुरबाट सुक्खा बन्दरगाह तर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकेर जाँच गर्दा हुटमा फल्स बटम बनाई रातो प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको प्रतिपोका १० किलोको दरले १६ पोकामा रहेको १ सय ६० किलो लागूऔषध गाँजा फेला परेको थियो ।

    ट्रक चालक मकवानपुर हेटौँडा उमनपा-७ कमानेका ४४ वर्षीय कृष्ण घलान र सहचालक चितवन झुरझुरे राप्ती नगरपालिका-३ का २० वर्षीय रोनाल विश्वकर्मालाई नियन्त्रणमा लिई लागू औषधिसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार