Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक थान पेस्तोल र ९ राउन्ड गोली सहित कोटेश्वरबाट एकजना पक्राउ


    आइतबार, पुष १४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराइज खड्का पक्राउ परेका हुन् ।

    उक्त बसेको कोठा नम्बर ४०१ बाट १ थान ९ एमएमको पेस्तल, पेस्तोलमा लाग्ने एक थान म्याग्जिन र ९ राउन्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।

    आइतबार बिहान ११ बजेको समयमा कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार