काठमाडौं । जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्दै गएकाले काम गर्ने युवाको अभाव छ । यी देशहरूले युवाहरूलाई सन्तान जन्माउन विभिन्न प्रकारका सुविधा दिइरहेका छन्। पैसा पनि बाँडिएको छ तर जन्मदर बढाउन निकै मुश्किल भइरहेको छ ।
यसैबिच, रुसको एक प्रान्तले आफ्ना नागरिकलाई अनौठो अफर दिएको छ । पश्चिमी रुसको निजनी नोभगोरोड ओब्लास्ट प्रान्तले युवाहरुलाई ४–४ सन्तान जन्माउन अपिल गरेको छ । स्थानिय सरकारले प्रत्येक बालबालिकालाई १० लाख रुबल दिने बताएको छ । रुसको निज्नी नोभगोरोड ओब्लास्ट प्रान्तका गभर्नर ग्लेब निकितिनले यो प्रस्तावको घोषणा गरेका हुन, ‘४–४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा बोकेर जानुहोस्’ उनले भनेका छन । जुन युद्ध अध्ययन संस्थानको प्रतिवेदनमा प्रकाशित भएको छ।
रुसमा जन्मदर पनि निकै कम छ । हाल यहाँ जन्मदर प्रति महिला १.५ बच्चा छ तर यो निकै कम भएको सरकारको विश्वास छ । अहिलेको जनसङ्ख्यालाई कायम राख्ने हो भने प्रति महिला जन्मदर २.१ अनुपातमा बच्चाको जन्म हुनुपर्छ । सरकारले यसलाई कायम राख्न विभिन्न प्रोत्साहन दिएको छ । रुस दुई वर्षदेखि युक्रेनसँगको युद्धमा फसेको छ । त्यहाँ युद्धमा धेरै जवान सैनिक मारिएका छन्। गोलाबारुदका कारण अरु धेरैको हताहत पनि भएको छ ।
यस कारण, रूसको जनसंख्या द्रुत रूपमा घटेको छ। प्रतिवेदनका अनुसार सेप्टेम्बर २०२४ मा रुसको जनसङ्ख्या पछिल्लो २५ वर्षमा सबैभन्दा न्यून स्तरमा पुगेको छ। यो तथ्यांकबाट रूसी सरकार थप तनावमा परेको छ । रुस जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यसलाई सैन्य बलको नितान्त आवश्यकता छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जनसांख्यिकीय गिरावटलाई ठूलो चुनौतीको रूपमा वर्णन गरेका छन्। त्यसैले सरकारले अफर दिन थालेको छ । समाचार अनुसार पहिलो र दोस्रो बालबालिकाको लागि पैसा केन्द्र सरकारले नै दिनेछ। तेस्रो र चौथो बालबालिकालाई प्रदेश सरकारले पैसा दिनेछ । सबैभन्दा ठूलो कुरा यो हो कि यसका लागि कुनै शर्त राखिएको छैन। यो अफर १८ देखि २३ वर्ष उमेरका केटीहरूका लागि मात्र उपलब्ध गराइएको छ।
यसै अन्तर्गत रुसको राजधानी मस्कोमा पनि कार्यक्रम आयोजना गरिएको थियो । रुसी स्वास्थ्यमन्त्री येभगेनी शेस्टोपालोभले पहिले नै मानिसहरूलाई बढी बच्चा जन्माउन सल्लाह दिइसकेका छन ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend