बर्लिन, १३ पुस । जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेन मेयरले शुक्रबार संसद विघटन गरेका छन् ।
लगत्तै चान्सलर ओलाफ स्कोल्जको गठबन्धन सरकारको पतनपछि फेब्रुअरी २३ मा नयाँ चुनावको मिति घोषणा गरेका छन् ।
गत नोभेम्बर ६ मा गठबन्धन टुटेपछि उनले अल्पमत सरकारको नेतृत्व गरिरहेका थिए । । जर्मनीको स्थिर अर्थतन्त्रलाई कसरी पुनर्जीवित गर्ने भन्ने विवादका बीच उनले अर्थमन्त्रीलाई बर्खास्तसमेत गरेका छन ।
ओलाफ स्कोल्जले १६ डिसेम्बरमा विश्वासको मत गुमाए पछि उनले अल्पमतको सरकारको नेतृत्व गर्दै आएका थिए । यसपछि धेरै प्रमुख दलका नेताहरूले निर्धारित समयभन्दा सात महिना अगाडी फेब्रुअरी २३ मा संसदीय निर्वाचन गराउने सहमति गरेका थिए । दोस्रो विश्वयुद्ध पछिको संविधानले आफैं विघटन गर्न अनुमति नदिने भएकोले स्टाइन मेयरले संसद विघटन गर्ने र निर्वाचन गर्ने कि नगर्ने निर्णय गर्न समय लागेको हो ।
उता, जर्मनीको चान्सलरको चुनावमा मुख्य मुद्दाहरू आप्रवासन, सुस्त अर्थतन्त्रलाई अगाडी बढाउने र युक्रेनलाई रूस विरुद्धको संघर्षमा मद्दत गर्ने भन्नेलगायतका मुद्दा समावेश छन्। जर्मनीको निर्वाचन प्रणालीले परम्परागत रूपमा गठबन्धनहरू बनाउँछ र कुनै पनि पार्टी आफ्नै बलमा पूर्ण बहुमतको नजिक छैन भन्ने सर्वेक्षणले देखाएकाे छ। निर्वाचनपछि नयाँ सरकार गठनका लागि केही सातासम्म वार्ता हुने अपेक्षा गरिएको छ ।
जर्मनीको दोस्रो विश्वयुद्धपछिको संविधान अन्तर्गत समय अघि नै संसद विघटन भएको यो चौथो पटक हो। सन १९७२ मा चान्सलर विली ब्रान्ड, १९८२ मा हेल्मुट कोहल र २००५ मा गेर्हार्ड श्रोडरको कार्यकालमा यस्ताे बिघटन भएको थियो। श्रोडरले विश्वासको मत प्रयोग गरेर चुनावमा जीत हासिल गर्ने साेचेका थिए तर प्रतिद्वन्द्वी एन्जेला मर्केलले थाेरै मतान्तरले बिजयी हासिल गरेकी थिइन ।
यसैबीच, सर्वेक्षणहरूले स्कोल्जको पार्टी फ्रेडरिक मर्जको नेतृत्वमा रहेको रूढीवादी विपक्षी युनियन अप्ठयाराेमा पारेको देखाएकाे छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend