नयाँदिल्ली । अल इन्डिया मेडिकल साइन्सेस (एम्स) मा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ ।
मनमोहन सिंह धेरै रोगबाट पीडित थिए। उनको सन् २००९ मा बाइपास सर्जरी भएको थियो । पुर्व प्रधानमन्त्री सिंहको मुटुमा धेरै ब्लकेज भेटिएको थियो । सिंह मुटु सम्बन्धी रोगबाट पीडित थिए । उनले पहिलो पटक सन् १९९० मा बाइपास सर्जरी र सन् २००३ मा स्टेन्ट प्रत्यारोपणका लागि एन्जियोप्लास्टी पनि गरेका थिए । र, सिंहको पटकपटक बाइपास सर्जरी भएको थियो ।
बाइपास सर्जरी मुटुको कोरोनरी धमनीहरूमा रक्तसञ्चार सुधार गर्ने प्रक्रिया हो। यसलाई कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ वा हृदय बाइपास सर्जरी पनि भनिन्छ। यस शल्यक्रियामा बिरामीको शरीरको अर्को भागबाट स्वस्थ रक्तनलीको टुक्रा निकालेर अवरुद्ध धमनीको माथि र तल जोडिन्छ। यसले रगत र अक्सिजनलाई मुटुसम्म पुग्न अनुमति दिन्छ।
मुटुमा अवरोधका कारण रक्तसञ्चार राम्रोसँग हुन नसक्दा बाइपास सर्जरी गर्नुपर्ने हुन्छ । जसबाट धेरै फाइदा लिन सकिन्छ तर केही मानिसहरु बाइपास सर्जरी पछि सामान्य जीवन जिउन नसकिने विश्वास गर्छन्। आजकल मुटुको बाइपास सर्जरी हरेक उमेर समुहमा हुने गरेको चिकित्सक बताउँछन् । गलत खानपान, मोटोपना र उच्च रक्तचापका कारण पनि युवा युवतीहरू मुटुरोगको उच्च जोखिममा छन् । त्यसैले वृद्ध वृद्धाले मात्र मुटुको बाइपास सर्जरी गर्नुपर्छ भन्नु पूर्ण रूपमा गलत हो ।
मुटुको बाइपास सर्जरीले हृदयाघात जस्ता मुटुसम्बन्धी रोगको जोखिम कम गर्न सक्ने तर पूर्ण रूपमा हटाउन नसकिने चिकित्सकहरू बताउँछन् । त्यसैले शल्यक्रिया पछि पनि खानपानमा विशेष ध्यान दिनुपर्छ । नत्र जुनसुकै बेला मुटुको रोग बढ्न सक्छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend