नयाँदिल्ली । अल इन्डिया मेडिकल साइन्सेस (एम्स) मा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ ।
मनमोहन सिंह धेरै रोगबाट पीडित थिए। उनको सन् २००९ मा बाइपास सर्जरी भएको थियो । पुर्व प्रधानमन्त्री सिंहको मुटुमा धेरै ब्लकेज भेटिएको थियो । सिंह मुटु सम्बन्धी रोगबाट पीडित थिए । उनले पहिलो पटक सन् १९९० मा बाइपास सर्जरी र सन् २००३ मा स्टेन्ट प्रत्यारोपणका लागि एन्जियोप्लास्टी पनि गरेका थिए । र, सिंहको पटकपटक बाइपास सर्जरी भएको थियो ।
बाइपास सर्जरी मुटुको कोरोनरी धमनीहरूमा रक्तसञ्चार सुधार गर्ने प्रक्रिया हो। यसलाई कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ वा हृदय बाइपास सर्जरी पनि भनिन्छ। यस शल्यक्रियामा बिरामीको शरीरको अर्को भागबाट स्वस्थ रक्तनलीको टुक्रा निकालेर अवरुद्ध धमनीको माथि र तल जोडिन्छ। यसले रगत र अक्सिजनलाई मुटुसम्म पुग्न अनुमति दिन्छ।
मुटुमा अवरोधका कारण रक्तसञ्चार राम्रोसँग हुन नसक्दा बाइपास सर्जरी गर्नुपर्ने हुन्छ । जसबाट धेरै फाइदा लिन सकिन्छ तर केही मानिसहरु बाइपास सर्जरी पछि सामान्य जीवन जिउन नसकिने विश्वास गर्छन्। आजकल मुटुको बाइपास सर्जरी हरेक उमेर समुहमा हुने गरेको चिकित्सक बताउँछन् । गलत खानपान, मोटोपना र उच्च रक्तचापका कारण पनि युवा युवतीहरू मुटुरोगको उच्च जोखिममा छन् । त्यसैले वृद्ध वृद्धाले मात्र मुटुको बाइपास सर्जरी गर्नुपर्छ भन्नु पूर्ण रूपमा गलत हो ।
मुटुको बाइपास सर्जरीले हृदयाघात जस्ता मुटुसम्बन्धी रोगको जोखिम कम गर्न सक्ने तर पूर्ण रूपमा हटाउन नसकिने चिकित्सकहरू बताउँछन् । त्यसैले शल्यक्रिया पछि पनि खानपानमा विशेष ध्यान दिनुपर्छ । नत्र जुनसुकै बेला मुटुको रोग बढ्न सक्छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend