काठमाडौं । विश्वभर २५ डिसेम्बर अर्थात क्रिसमस पर्व हर्षोल्लासका साथ मनाइने गरिन्छ ।
यस पर्वमा क्रिस्चियन धर्मावलम्बी मात्र नभएर विश्वका अन्य धर्मका मानिस पनि सहभागी हुने गर्दछन् ।
विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बालबालिकालाई पनि विशेष गरी यो पर्वमा बिदा दिइन्छ । सार्वजनिक र निजी प्रतिष्ठानहरूमा पनि बिदा दिइने गरिएको छ ।
क्रिसमसको दिन सान्ता क्लज आएर मानिसको मनोकामना पूरा गर्ने जनविश्वास छ । तर के तपाईलाई थाहा छ सान्ता क्लज को थिए र उनको मृत्यु पछि उनको शवलाई कहाँ गाडियो र अहिले उनको चिहान कहाँ छ ? सान्ताको चिहान आयरल्यान्डमा रहेको विश्वास गरिन्छ तर यसमा कति सत्यता छ, आउनुहोस् जानौँ ।
संसारभर सान्ता क्लज भनेर चिनिने व्यक्तिको वास्तविक नाम सेन्ट निकोलस थियो। उनी आधुनिक टर्कीको दक्षिण– पश्चिममा अवस्थित पुरातन लिसियाको सहर माइरामा जन्मिएका थिए । हाल यो टर्कीको अन्टाल्या प्रान्तको हिस्साको रुपमा रहेको छ ।
उनी तुर्कमेनिस्तान (आधुनिक टर्की) को मायरा सहरमा २८० ईस्वीमा जन्मेका थिए । सेन्ट निकोलसको जन्म प्रभु येशूको मृत्युपछि भएको मानिन्छ। उनको मृत्यु ६ डिसेम्बर ३४३ मा माइरा शहरमा भयो। तर, अझै पनि यो धार्मिक विश्वास छ कि सान्ता क्लॉज जीवित छने। सन्तालाई मान्नेहरुको मनमा उनी सदैव जीवित छन । यद्यपि, यो माइराका सेन्ट निकोलस थिए जो सान्ता क्लॉजको ऐतिहासिक चरित्रको लागि प्रेरणा बने।
यो विश्वास गरिन्छ कि सान्ता क्लज, क्रिस क्रिंगल, फादर क्रिसमस र सेन्ट निक जस्ता नामहरू एउटै व्यक्तिबाट आएको हो, जसले उपहार दिन्थ्यो। यो पनि भनिन्छ कि सेन्ट निकोलस र फादर क्रिसमस फरक थिए र समय सँगै दुबैको क्यारेक्टर मिल्यो र सेन्ट निकोलसलाई आधुनिक सान्ता क्लज भनेर चिनिन थालियो ।
जहाँसम्म सेन्ट निकोलसको चिहानको सम्बन्ध छ, विद्वानहरूले यो कहाँ छ भन्ने रहस्य सुल्झाउन दावी गर्न सकेका छैनन्। सान्ता क्लजको चिहानबारे विभिन्न विज्ञहरूको फरक फरक धारणा छ। यो अक्सर भनिन्छ कि उनको चिहान आयरल्याण्डमा छ। कतिपयले उनको चिहान टर्कीको एन्टाल्यास्थित सेन्ट निकोलस चर्च भित्र रहेको बताएका छन् । कतिपयले उनको शव चोरेर पछि इटालीमा गाडिएको दाबी गर्छन्।
ओुकोनेल जोरपोइन्ट पार्क १२ औं शताब्दीको मध्ययुगीन शहर किल्केनी, आयरल्याण्डको २० किलोमिटर दक्षिणमा अवस्थित छ। यहाँ सेन्ट निकोलस चर्चको टावरको भग्नावशेषहरू १२० एकडमा फैलिएको छ । माइभ र जो कोनेल परिवारको घरमा उनको कब्रस्तान रहेको दाबी गरिएको छ। १३ औं शताब्दीको यो भग्नावशेषमा एउटा चिहान पनि रहेको बीबीसीको रिपोर्टमा उल्लेख छ । स्थानीयवासीका अनुसार माइराका सेन्ट निकोलसलाई पनि यही चिहानमा गाडिएको छ । सेन्ट निकोलसको शव इटालीको बासिलिका डि सान निकोला चर्चको तहखानेमा गाडिएको आयरिश इतिहासकारहरूले बताएका छन्।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend