Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलम्पिक कमिटीका अधिकांश निर्बिरोध, अध्यक्षमा भने तीन जनाबीचमा निर्वाचन


    बुधबार, पुष १० २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल ओलम्पिक कमिटीको भावी नेतृत्वका लागि अब अध्यक्षमा मात्रै प्रतिस्पर्धा हुने भएको छ ।

    अध्यक्षका लागि हालका अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका अध्यक्ष तेजबहादुर गुरुङ प्रतिस्पर्धामा रहने भएका छन् ।

    आगामी शनिबार हुने निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारी दर्ता भएको थियो । र, मंगलबारसम्म उम्मेदवारी फिर्ता लिने समयसिमामा उनीहरु कसैले पनि उम्मेदवारी फिर्ता नलिए पछि तीनैजना बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।

    उता, कबड्डीकी तुलशा थापा  र जुडोका दीपकहर्ष बज्राचार्यले उम्मेदवारी फिर्ता लिएपछि उपाध्यक्ष्यमा वर्तमान उपाध्यक्ष एवं टेनिस संघकी अध्यक्ष ज्योती राणा निर्बिरोध निर्वाचित भएका छन् ।

    प्रतिस्पर्धामा रहेका धेरैजसोले उम्मेदवार फिर्ता लिए पछि एनओसीमा अब पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, कबड्डीकी तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य,सुटिङका पुश्पदाश श्रेष्ठ र साइक्लिङका गोपाल सुन्दरलाल कशापती निर्विरोध हुन पुगेका छन् ।

    महासचिवमा नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ पनि निर्विरोध निवार्चित हुदाँ  सहमहासचिवमा ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घले  तथा  सचिवमा आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ पनि निर्विरोध हुन सफल भएका छन् ।

    यता एनओसीको भावी कार्यसमितिमा सदस्यमा जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चयन भएको जनाईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार