Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेमिकासँगको तनावले बुबा र भाइको हत्या गरेको मिलनको वयान


    मंगलबार, पुष ९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य आफै प्रहरीको सम्पर्कमा आएका छन् ।

    भक्तपुरको सूर्य विनायक नगरपालिका-२, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको प्रहरीले आशंकासहित प्रहरीले उनको खोजी गरिरहेको थियो ।

    उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको स्वीकारेका छन् । उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको थियो।

    महाराजगन्ज वृत्तका प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा त्यस्तो भएको बताएका थिए । उनले प्रहरीसँगको प्रारम्भिक वयानमा मानसिक तनावका कारण वुबा र भाईको हत्या गरी आफुले पनि आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । आफुले आत्महत्याको प्रयास गरेपनि सफल हुन नसकेको उनले बताए ।

    ५ दिन अघि मात्र काठमाडौं आएका आचार्य र उनका कान्छा छोरा प्रवीण सोमबार कोठामै मृत फेला परेका थिए । सँगै रहेका जेठा छोरा मिलन भने रातिनै फरार भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार