Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बुवा र भाइको हत्याका आरोपी मिलनले गरे आत्मसमर्पण


    मंगलबार, पुष ९ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेको आरोप लागेका मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्। सोमबार बाबु छोरा मृत भेटिएको प्रकरणमा हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्यका जेठो छोरा मिलनले प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।

    बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या मिलनले गरेको आशंकासहित प्रहरीले उनलाई खोजी गरिरहेको थियो।

    २५ वर्षीय मिलन मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर घटना विवरण सुनाउँदै आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ।मृत भेटिएका बाबुछोराको हत्या शनिबार राति नै भएको र हत्यामा मिलन संलग्न रहेको प्रारम्भिक निष्कर्ष रहेको जिल्ला प्रहरी परिसर भक्तपुर प्रमुख एसपी माधव बुढाथोकीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार