मस्को । पूर्व सिरियाली राष्ट्रपति बसर अल असदको शासन पतन भएको एक हप्ता भयो ।
यस बिचमा सिरियामा धेरै घटना र परिघटनाहरु दृश्यमा आए, सहज रुपले राजधानी दमास्कस बिद्रोहीको कब्जामा र असदको अचानक रुसमा लिएको शरण देखी अनेक घटना भएका छन ।
यसै बिचमा यो रिपोर्टहरू आइरहेको छ असदकी पत्नीले सम्बन्ध विच्छेदको लागि मुद्धा दायर गरेकी छिन र उनी चाँडै बेलायत जाने योजना बनाइरहेकी छिन् ।
द जेरुसेलम पोस्टका अनुसार अपदस्थ राष्ट्रपति बसर अल असदकी पत्नी असमा अल असदले मस्कोमा आफ्नो जीवनप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । सिरियाली विद्रोही समूहले सिरियाको राजधानी दमास्कसलाई तुरुन्तै कब्जा गरेपछि सिरियाली नेता बसर अल असद देश छोडेर रसिया गएका थिए। असदको लामो समयको सहयोगी रुसले अन्ततः मानवीय आधारमा उनलाई र उनको परिवारलाई शरण दियो।
टर्की र अरब मिडियाले अस्मा हाल लन्डन जाने प्रयास गरिरहेको उल्लेख गरेका छन् । रिपोर्टका अनुसार सिरियाली नेताकी श्रीमतीले रुसी अदालतमा मस्को छोड्न विशेष अनुमति माग्दै निवेदन दिएकी छिन् ।
उनको आवेदनको रुसी अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ। अस्मासँग बेलायत र सिरियाको दोहोरो नागरिकता रहेको उल्लेख छ । उनी लन्डनमा सिरियाली आमाबाबुको कोखवाट जन्मे र हुर्केकी महिला हुन् । जो असदको परिवार अहिले कडा प्रतिबन्धमा बाँचिरहेकी छिन् ।
अस्मा सन् २००० मा सिरिया गइन् र त्यही वर्ष असदसँग विवाह गरिन् । त्यतिबेला उनको उमेर २५ वर्ष थियो । रुसी अधिकारीहरूले असदको शरणको अनुरोध स्वीकार गरे पनि सिरियाली नेता अझै कडा प्रतिबन्धमा बाँचिरहेका छन्। द जेरुसेलम पोष्टको रिपोर्टका अनुसार उनलाई अहिलेसम्म मस्को छाड्न वा कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend