काठमाडौं – बाराको सिमरा विमानस्थलमा कार्यरत एक जना प्रहरी मृत अवस्थामा भेटिएको छ । जीतपुर सिमरा–१ घर भई सिमरा विमानस्थलमा सुरक्षा गार्डको रूपमा कार्यरत राजकुमार रूम्बाको शव हत्या गरिएको अवस्थामा कारभित्र फेला परेको हो ।
शनिबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका–११ दुधौरा खोला पुलनजिक बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारभित्र उनको शव भेटिएको इलाका प्रहरीका कार्यालय सिमराका डीएसपी चिरञ्जिबी दाहालले जानकारी दिए । उनको टाउकोमा चोट लागेको छ । तर केले प्रहार गरेको भन्ने खुलेको छैन ।
डीएसपी दाहालका अनुसार रुम्बाले उक्त कार राष्ट्रिय अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारीसँग मागेर चलाएको खुलेको छ । पोष्टमर्टमको रिपोर्टबाट मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend