Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री बम सवार गाडी दुर्घटना, ३ जना घाइते


    आइतबार, पुष ७ २०८१
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी भारतमा दुर्घटना भएको छ । तीन जना सवार प्रदेश ३–०१–०२४ च नम्बरको कार भारतको पलिया बजार नजिक दुर्घटना भएको हो ।

    उक्त भारतीय नम्बरको कारसँग ठोक्किँदा राज्यमन्त्री बम, श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएको कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    उनका अनुसार राज्यमन्त्री बमको मुख र नाकमा चोट लागेको छ भने श्रीमती कल्पनाको छातीमा र सहयोगी पदमको टाउकोमा चोट लागेको छ ।

    भारतको खिरी जिल्लास्थित पलिया बजारमा उपचारपछि फर्किदा उनीहरु सवार गाडी दुर्घटना भएको हो । घाइते तीनै जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार