Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?


    आइतबार, पुष ७ २०८१
    3.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एघार सय रुपैयाले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार