काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत गरे । उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।
सुदूरपश्चिमका लागि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन÷तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक÷एक विकेट लिए ।
सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
्साथै तेस्रो स्थानमा भएको कर्णाली याक्सले भएको छ भने चितवन राइनोज चौथो स्थानमा छ । जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको १८औँ खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend