Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो


    शुक्रबार, पुष ५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ । प्रसाईँका छोराद्वारा दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चको बन्दीसहित उपस्थित गराउने आदेशपछि उनलाई आज अदालतमा हाजिर गराइएको हो ।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाइँले आफू साइबर अपराधमा धरौटीमा रिहा भएपनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका छन् । यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए । तर, उक्त निवेदन खारेज भएको थियो ।

    सर्वोच्चले शुक्रवार उनलाई थुनामा राखेर भइरहेको अनुसन्धान कानुनसम्मतः देखेमा रिट खारेज गर्ने छ भने गैरकानुनी देखेमा साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश गर्नेछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले उक्त अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने उनीमाथि सार्वजनिक अपराध र किर्तेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार