Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिवि क्रिकेट रंगशालाको प्यारापिट निर्माण निर्धारित समयमै सकिन्छ : प्रधानमन्त्री


    शुक्रबार, पुष ५ २०८१
    985
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको काम निर्धारित समयमै सक्ने बताएका छन् । आज बोलपत्र आह्वान भएको भन्दै उनले तीन सिफ्टमा फटाफट काम गरेर निर्धारित समयमै रंगशालाको निर्माण सम्पन्न गर्ने बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै भनेका छन्, ‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौं’, उनले थप लेका छन्, ‘यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्कासहित क्रिकेट खेलाडीलाई बालुवाटार बोलाएर छलफल पनि ग¥यौं । त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनुभएको थियो ।’ उनले जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लागेको पनि बताएका छन् ।

    प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो । आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्नेछ । यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहनेछ ।’ काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न समेत उनले सबैलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार