काठमाडौं – सहरी विकास मन्त्रालयमातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानलाई थप व्यवस्थित गर्ने भएको छ । यसका लागि कार्यालयले प्यारापिट तथा फ्लडलाइटका लागि बोलपत्र आवेदन दिन आह्वान गरेको हो।
राष्ट्रिय प्रतिस्पर्धाको प्रक्रियाअनुसार क्रिकेट मैदानमा प्यारापिट बनाउन र फ्लडलाइट जडान गर्न लागिएको कार्यालयले उल्लेख गरेको छ। शुक्रबार सार्वजनिक सूचनामार्फत बोलपत्र पेस गर्न योग्य बोलपत्रदातालाई भनिएको छ। इच्छुक निर्माण कम्पनीले इलेक्ट्रोनिक बोलपत्र पेस गर्न सक्नेछन्।
कार्यालयका अनुसार छनोट हुने बोलपत्रदाताले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्यारापिट र फ्लडलाइट जडानको काम गर्नुपर्नेछ। बोलपत्र धरौटी रकम १ करोड ६२ लाख रुपैयाँ प्यारापिटका लागि र १ करोड ७३ लाख फ्लडलाइट जडानका लागि तोकिएको छ। दुवै बोलपत्रको फारमका लागि २०/२० हजार रुपैयाँ लाग्नेछ।
इच्छुक निर्माणकर्ताले माघ ६ गते दिउँसो १२ः३० सम्म बोलपत्र पेस गर्न सक्नेछन् भने कार्यालयले सोही दिन दिउँसो १ः३० बजे दुवै बोलपत्र खोल्नेछ।
गत असार ३१ गते प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो निर्णय नै कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पनन रंगशाला बनाउने, प्यारापिट निर्माण गर्ने, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायतको निर्णय गरेको थियो।
उक्त काम ३ सय दिनभित्र गरिसक्ने समय तोकेको थियो। ओली सरकारले तोकेको समयमध्ये १५५ दिन पूरा भइसक्दा बल्ल बोलपत्र मागिएको छ। त्यसअघि २०७९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा पनि त्रिवि मैदानमा फ्लडलाइट जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन भएको थियो। पटक–पटकको वचनबद्धता र निर्णयका बाबजुद त्रिवि मैदानले न प्यारापिट, न त फ्लडलाइट नै पाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend