Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ५ सय रुपैयाँले घट्यो, तोलाको कति ?


    शुक्रबार, पुष ५ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सयले घटेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार