Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनपीएलको दोस्रो क्वालिफायरमा जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली


    बिहिबार, पुष ४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।

    पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लागेको हो। कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

    दोस्रो क्वालिफायरमा दुबै टोलीले एकरएक खेलाडी परिवर्तन गरेका छन्। जनकपुरले अरनिको यादवको स्थानमा मयन यादवलाई टोलीमा स्थान दिएको छ भने कर्णाली याक्सले रित गौतमको स्थानमा युनिस विक्रम सिंह ठकुरीलाई सुरुवाती ११ मा समावेश गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार