काठमाडौँ – काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजनालाई युवकलाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
आरोपी काठमाडौँ–१४ स्थित खड्का गाउँबाट पक्राउ परेका हुन् । धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ बुधवार डेरामा मृत भेटिएकी थिइन् । चन्द्रागिरी नगरपालिका–१० सतुंगल स्थित खरिबोटमा बस्ने तामाङ हराएको भनेर उनको दाजुले प्रहरीमा निवेदन दिएका थिए ।
आरोपीको साथबाट मृतकको मोबाइल बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । सरिता तामाङ नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा १० कक्षामा अध्ययनरत थिइन् । हत्याको कारणबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend