अफ्रिका । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखापरेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको छ । यो रहस्यमयी रोगको नाम डिंगा डिंगा राखिएको छ ।
यदि रिपोर्टहरू विश्वास गर्ने हो भने युगान्डामा ३०० भन्दा बढी मानिसहरू यो रोगको सिकार भएका छन्। यो रोगको औषधि पत्ता लगाउन चिकित्सकहरु पनि व्यस्त छन् । अचम्मको कुरा के छ भने युगान्डाका अधिकांश महिला र केटीहरू यो रोगको शिकार भएका छन् ।
युगान्डाको बुन्डिबाग्यो क्षेत्रमा डिंगा डिंगा रोग तीव्र गतिमा फैलिरहेको छ । डिङ्गा डिङ्गाको प्रारम्भिक लक्षणको बारेमा कुरा गर्दा बिरामीलाई ज्वरो आउँन थाल्छ र काँप्न थाल्छ। बिरामीको शरीर हिंस्रक रूपमा काँप्छ, जसका कारण उसलाई हिँडडुल गर्न पनि गाह्रो हुन्छ।
डिङ्गा डिंगाबाट छुटकारा पाउन डाक्टरहरुले एन्टिबायोटिकको सहारा लिइरहेका छन् । डिंगा डिंगा रोग युगान्डाको बुन्डिबाग्योमा मात्र फैलिएको छ। वरपरका क्षेत्रमा यो रोगको कुनै प्रमाण फेला परेको छैन। डिंगा डिंगाबाट प्रभावित बिरामी एक साताभित्र निको हुन्छन् । तर, यो रोगले मानिसमा त्रास फैलाउन थालेको छ ।
उता, युगान्डासँग जोडिएको कंगो देशमा पनि यस्तै अनौठो रोग फैलिरहेको छ । जसका कारण मानिसमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, नाक बग्ने, शरीर दुख्ने जस्ता लक्षण देखिन थालेका छन् । कंगोमा ४०० भन्दा बढी मानिस यस रोगको सिकार भएका छन् । यो रहस्यमय रोगले ३० जनाको ज्यान लिइसकेको छ । यही कारण हो कि युगान्डाका मानिसहरू पनि डिंगा डिंगासँग धेरै डराउँछन्।
अफ्रिकन टाइम्सका अनुसार डिंगा डिंगा रोगबाट पीडित एक बिरामीले आफू निकै कमजोर महसुस गरिरहेको बताएका छन् । ‘जब म हिड्न खोज्छु, मेरो शरीर हिंस्रक रूपमा हल्लिन थाल्छ।’ स्थानिय डाक्टरका अनुसार डिंगा डिंगाका बिरामीको स्वास्थ्य नमूना युगान्डाको स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । चिकित्सकलाई पनि यो रोगबारे धेरै जानकारी नभएकाले अहिले बिरामीलाई जडिबुटीको औषधि दिइँदै आएको छ ।
डिंगा डिंगा रोग कहाँ र किन सुरु भयो ? यो कुरा अहिलेसम्म खुल्न सकेको छैन । तर प्रशासनले बुन्डिबुग्यो क्षेत्रबाट टाढा रहन मानिसहरूलाई सल्लाह दिएको छ। यो रोगलाई जरैबाट उन्मूलन गर्नका लागि यस क्षेत्रमा धेरै स्वास्थ्य अभियानहरू सञ्चालन भइरहेका छन्। विश्व स्वास्थ्य संगठनले पनि यसबारेमा अनुसन्धान सुरू गरेको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend