Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदका ४ वटा समितिको बैठक बस्दै


    बिहिबार, पुष ४ २०८१
    825
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।

    संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयका बैठक कक्षमा बस्नेछ ।

    जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिइडीएडब्लुको आधारभूत सिफारिस नं ३९ सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ । जसअनुसार सो बैठक बिहान ११ः ०० बजे बस्नेछ ।

    उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ूदलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमाू संकल्प प्रस्ताव कायान्वयन अनु्गमन उपसमितिबाट समिति समक्ष पेश भएको प्रतिवेदन उपर छलफल हुने जनाइएको छ । जसका लागि ११ः३० बजे बैठक बोलाइएको छ ।

    विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । दुबै समितिको बैठक क्रमशः १ः०० र ११ः३० मा बोलाइएको संसद सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार