काठमाडौं – जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ । टीयु क्रिकेट मैदानमा आज (बुधबार) भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।
विनोद भण्डारी र कप्तान दिपेन्द्रसिंह ऐरी क्रमश ५८ र २० रनमा अविजित रहँदै १८ ओभर ३ बलमा १४१ रन बनाउँदै जित आफ्नो पक्षमा पारेका हुन् । सुदूरका लागि सैफ जेवले ३२, ब्राण्डन म्याकमुलेन २५ रन बनाएर आउट भए। जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक विकेट लिए ।
टस जितेर ब्याटिङमा आएको जनकपुरले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जनकपुरका लागि जिमी निसम ४५, शुभ कंसकार २६, लाहिरू मालिन्था र हर्ष ठाकर १२, कप्तान आशिफ शेख र अरनिको यादव ११, मोहम्मद महसिन र शेर मल्लले समान ३ रन बनाए।
सुदूरका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले तीन, सैफ जेव दुई, स्कट कुग्गेलेजिन र अविनास बोहरा समान एक विकेट लिए । यी दुई टिमबीच लिग चरणमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको सहज जित निकालेको थियो ।
पराजित जनकपुरले इलिमिनेटर विजेता कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend