Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्वारा भारत र मलेसियाका राजदूत नियुक्त


    बुधबार, पुष ३ २०८१
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् ।

    संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा। शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा। नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा आज बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार