Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ


    बुधबार, पुष ३ २०८१
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् ।

    प्रहरी वृत्त गौशलाबाट मंगलबार खटिएको प्रहरीले प्रदेश.३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार ४ जनाको साथबाट उक्त स्रोत नखुलेको नगद बरामत गरेको हो ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेश कुमारपौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन् ।

    उनीहरुलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत गौसलामा राखी थप अनुसन्धान सुरु गरेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार