जनकपुरधाम – महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर जंगलमा २३ असोजमा मृत भेटिएकी २३ वर्षीया अनु रायको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । हत्या आरोपमा उनका प्रेमी सर्लाहीको चक्रघाटा गाउँपालिका ९ का मन्दिपकुमार यादवलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।
प्रहरीले उनलाई गत सोमबार पर्साको वीरगञ्ज महानगरपालिका ४ आदर्शनगरबाट पक्राउ गरेको थियो । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार अनुको हत्या उनका प्रेमी यादवले नै गरेको अनुसन्धानबाट खुलेको छ । असोज २३ गते अनुको शव भेटिएपनि एक सातापछि असोज २८ गते मात्र उनका बुबाले सनाखत गरेका थिए ।
प्रहरीका अनुसार अनु र मन्दीपबीच प्रेम सम्बन्ध रहेको थियो । दुवै जनाले विवाह गर्ने वाचा गरी असोज २२ गते टुटेश्वर मन्दिर गएका थिए । तर, टुटेश्वर मन्दिरबाट फर्किने क्रममा विवाहको विषयमा दुवै जनाबीच विवादको क्रममा मन्दिपले डोरीले अनुको घाँटी कसेर हत्या गरी फरार भएको स्वीकार गरेको डिएसपी जयसवारले बताए ।
मन्दीपलाई मंगलबार महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend