जनकपुरधाम – महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर जंगलमा २३ असोजमा मृत भेटिएकी २३ वर्षीया अनु रायको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । हत्या आरोपमा उनका प्रेमी सर्लाहीको चक्रघाटा गाउँपालिका ९ का मन्दिपकुमार यादवलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।
प्रहरीले उनलाई गत सोमबार पर्साको वीरगञ्ज महानगरपालिका ४ आदर्शनगरबाट पक्राउ गरेको थियो । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार अनुको हत्या उनका प्रेमी यादवले नै गरेको अनुसन्धानबाट खुलेको छ । असोज २३ गते अनुको शव भेटिएपनि एक सातापछि असोज २८ गते मात्र उनका बुबाले सनाखत गरेका थिए ।
प्रहरीका अनुसार अनु र मन्दीपबीच प्रेम सम्बन्ध रहेको थियो । दुवै जनाले विवाह गर्ने वाचा गरी असोज २२ गते टुटेश्वर मन्दिर गएका थिए । तर, टुटेश्वर मन्दिरबाट फर्किने क्रममा विवाहको विषयमा दुवै जनाबीच विवादको क्रममा मन्दिपले डोरीले अनुको घाँटी कसेर हत्या गरी फरार भएको स्वीकार गरेको डिएसपी जयसवारले बताए ।
मन्दीपलाई मंगलबार महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend