Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यू-१९ महिला एसिया कपः नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य


    मंगलबार, पुष २ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मलेसियामा जारी एसीसी अन्डर नाइन्टी महिला एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

    क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो ।

    नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् । अहिले भारतले जवाफी ब्याटिङ गरिरहेको छ ।

    एकक खेल अगावै नेपाल र भारत सुपर फोरमा प्रवेश गरिसकेका छन् । आजको खेलले समूह विजिता र उपविजेताको टुंगो लाग्ने छ ।

    सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान सुरक्षित गरेको थियो ।

    पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार