Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यू-१९ महिला एसिया कप : आज नेपालले भारतसँग भिड्दै


    मंगलबार, पुष २ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ

    खेल नेपाली समयअनुसार विहान ११:४५ बजेबाट सुरु हुनेछ । आजको खेलपछि समूहको विजेता र उपविजेता टोलीको टुंगो लाग्ने छ ।

    हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो ।

    आइतबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो । पाकिस्तान लगातार दुई खेलमा पराजित भएसँगै नेपाल समूह चरणको एक खेल बाँकी छँदै सुपर ४ मा पुगेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार