Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यू-१९ महिला एसिया कप : नेपालसँग पाकिस्तान ६ विकेटले पराजीत


    सोमबार, पुष १ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मलेसियामा जारी एसीसी यू- १९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

    १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गर्दै पाकिस्तानमाथि विजय प्राप्त गरेको हो। नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

    त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार