Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्ने


    सोमबार, पुष १ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर खेल्ने भएको छ ।

    लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो ।

    यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

    समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो ।

    चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार