काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सलाई कर्णाली याक्सले १०२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो ।
जिसन मक्सुदले बनाएको ३० रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। ३५ बलमा ४ चौका प्रहार गरेका मक्सुद दीपेन्द्रसिंह ऐरीको बलमा ब्रान्डोन म्याकमुलेनको हातबाट क्याच आउट भए।
विलियन बसिस्टोले १६ रन थपे। बाबर हायातले १३ र चान्डविक वाल्टनले ११ रन बनाउँदै पेभेलियन फर्के। कप्तान सोमपाल कामी ११ रनमा क्याच आउट हुन पुगे। सुदूरपश्चिमका लागि हरमित सिंहले ३ विकेट झारे। कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्लेजिनले समान २ विकेट लिए। सैफ जैबले एक विकेट झारे।
आजको खेलमा फराकिलो अन्तरमा कर्णाली पराजित भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्नेछ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend