Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनपीएल- कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य


    सोमबार, पुष १ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सलाई कर्णाली याक्सले १०२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो ।

    जिसन मक्सुदले बनाएको ३० रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। ३५ बलमा ४ चौका प्रहार गरेका मक्सुद दीपेन्द्रसिंह ऐरीको बलमा ब्रान्डोन म्याकमुलेनको हातबाट क्याच आउट भए।

    विलियन बसिस्टोले १६ रन थपे। बाबर हायातले १३ र चान्डविक वाल्टनले ११ रन बनाउँदै पेभेलियन फर्के। कप्तान सोमपाल कामी ११ रनमा क्याच आउट हुन पुगे। सुदूरपश्चिमका लागि हरमित सिंहले ३ विकेट झारे। कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्लेजिनले समान २ विकेट लिए। सैफ जैबले एक विकेट झारे।

    आजको खेलमा फराकिलो अन्तरमा कर्णाली पराजित भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार