काठमाडौँ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ परनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार दिनको दोस्रो खेलमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन जोडेको छ।
सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४२ रन जोडे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनरद्वय सइफ जइब ९ रन र विनोद भण्डारी १४ रनमा आउट भए। सइफलाई दोस्रो ओभरमा पोखराका रेमन्ड रेइफरले बोल्ड गरेका थिए। भण्डारी सातौं ओभरमा पोखराका कप्तान कुशल भुर्तेलको बलमा विपिन खत्रीबाट क्याच भए।
भण्डारी आउट भएकै ओभरमा ब्रान्डन माक्मलेन पनि २३ रनमा आउट भए। उनलाई भुर्तेलले सागर ढकालबाट क्याच गराए। दशौं ओभरमा हरमित सिंहलाई माइकल लिस्कले १३ रनमा सुदिप अर्यालबाट क्याच गराए।
१५औं ओभरको अन्तिम बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी २० रन बनाएर खेलिरहदा सागर ढकालको एलबिडब्लूको धरापमा परे। उनले १६ बलमा १ छक्का प्रहार गरे।
सुदूरपश्चिमले १९औं ओभरको पहिलो बलमा इशान पाण्डेलाई १० रनमा रिटायर्ड आउट गराउँदै स्कट कुगेलेइनलाई ब्याटिङमा लगेको थियो। तर उनी अन्तिम ओभरको तेस्रो बलमा दुई रनमा रनआउट भए।
बलिङमा पोखराका कप्तान भुर्तेलले २ विकेट लिए भने रेइफर, सागर ढकाल र माइकल लिस्कले १९१ विकेट लिए। पोखरा अन्तिम खेलअघि नै बाहिरिसकेको छ। आजको खेलमा जित निकाले सुदूरपश्चिम प्लेअफ पक्का हुनेछ। सुदूरपश्चिमले लिगको अन्तिम खेलमा सोमबार कर्णाली याक्ससँग खेल्नेछ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend