Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनपीएल- विराटनगरले काठमाण्डुलाई दियो ११८ रनको लक्ष्य


    आइतबार, मंसिर ३० २०८१
    905
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले काठमाण्डु गुखार्जसामु जितका लागि १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १ बल अगावै १ सय १७ रन बनाउँदा अलआउट भयो।

    राजेश पुलामीले बनाएको २५ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। राजेशले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे। दिपक बोहोराले २० रन थपे। दिपकले २४ बलमा २ चौका प्रहार गरे। स्कट इरासमस १५, बसिर अहमद १३ र निकोलस किर्तोनले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

    विराटनगरलाई कम स्कोरमा रोक्न काठमाण्डुका गेहार्ड इरासमसले ३ विकेट लिए। दिनेश कडेलले २ विकेट लिए। साहव आलम, करण केसी र डान डाउथवेटले समान एक विकेट आफ्नो नाममा गरे।

    काठमाण्डुले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। प्लेअफमा स्थान बनाउनका लागि काठमाण्डुलाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ। काठमाण्डुले आज जित निकालेर मात्र पुग्दैन अर्को खेलको नतिजा पनि निर्णायक बन्नेछ। उता विराटनगर भने सुखद अन्त्यको योजनामा छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार