काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले काठमाण्डु गुखार्जसामु जितका लागि १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १ बल अगावै १ सय १७ रन बनाउँदा अलआउट भयो।
राजेश पुलामीले बनाएको २५ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। राजेशले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे। दिपक बोहोराले २० रन थपे। दिपकले २४ बलमा २ चौका प्रहार गरे। स्कट इरासमस १५, बसिर अहमद १३ र निकोलस किर्तोनले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
विराटनगरलाई कम स्कोरमा रोक्न काठमाण्डुका गेहार्ड इरासमसले ३ विकेट लिए। दिनेश कडेलले २ विकेट लिए। साहव आलम, करण केसी र डान डाउथवेटले समान एक विकेट आफ्नो नाममा गरे।
काठमाण्डुले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। प्लेअफमा स्थान बनाउनका लागि काठमाण्डुलाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ। काठमाण्डुले आज जित निकालेर मात्र पुग्दैन अर्को खेलको नतिजा पनि निर्णायक बन्नेछ। उता विराटनगर भने सुखद अन्त्यको योजनामा छ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend