Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०३ रनको लक्ष्य


    बुधबार, मंसिर २६ २०८१
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाज १०३ रनमा अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९।२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।

    कीर्तिपुर खेल मैदानमा जारी खेलमा काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ । काठमाडौँ गुर्खाजका लागि भीम सार्कीले ३१, ड्यान डोथवेटले २१, प्रतीक श्रेष्ठले २०, स्टेफन ईस्किनाजीले १३ रन बनाए ।

    प्रतियोगिता अन्तर्गत तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाजले एक जित र दुई खेलमा हार बेहोर्दै अंकतालिकाको छैटौँ नम्बरमा रहँदा पाँच खेल खेलिसकेको लुम्बिनी भने एक जित र चार हार बेहोर्दै पाँचौँ नम्बरमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार