Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने


    बुधबार, मंसिर २६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज हुने देसो अ‍ेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डुको कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। लुम्बिनीले एनपीएलको पाचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको थियो। लुम्बिनीले बुधबार भएको खेलमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लिगमा पहिलो जित निकालेको थियो।

    लुम्बिनीले आजको खेलमा चितवनविरुद्धको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ। दुर्गेस गुप्ताको स्थानमा सुर्य तामाङलाई सुरुवाती ११ मा ल्याएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार