Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • काठमाडौं उपत्यकामा ३११ संक्रमित थपिए


    सोमबार, पुष ६ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

    हालसम्म काठमाडौंमा मात्र ९४ हजार ९०९ जना संक्रमित भएका छन्, जसमध्ये ४५४ जनाको मृत्यु भएको छ। हालसम्म ९१ हजार ७ जना निको भएका छन्।

    ललितपुरमा १४ हजार ८४९ जना संक्रमित भएका छन्। जसमा १४२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ७९ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ६६४ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ३२३ जना निको भएका छन्। आज काठमाडौंमा ३ हजार ४४८  ललितपुरमा ६२८ र भक्तपुरमा २४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार