काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भइरहेको दोस्रो खेलमा कर्णाली याक्स विलियम बसिस्टोको घातक बलिङमा पोखरा एभेन्जर्स १ सय ३ रनमा अलआउट भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६।३ ओभरमा १ सय ३ रनमा समेटियो। योसँगै कर्णालीले जितका लागि १ सय ४ रनको सामान्य लक्ष्य पाएको छ।
कर्णाली याक्सका बसिस्टोले ६ विकेट लिएसँगै पोखराको ब्याटिङ लाइन धरापमा परेको हो । पहिलो विकेटका लागि दिनेश खरेल र आन्दे्रस गउसले ३।५ ओभरमा ४६ रनको साझेदारी गर्दै पोखरालाई राम्रो सुरुवात दिलाएका थिए। खरेल २६ रन बनाउँदा युनिस ठकुरीको बलमा बोल्ड आउट भए। गउस २५ रनमा क्याच आउट हुन पुगे।
तर मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा पोखराले प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेन। विलियमले चौथो ओभरमा तीन विकेट लिएपछि पोखराको ब्याटिङ तहसनहस हुन पुग्यो। पोखराका दिलिप नाथ ३ रन बनाउँदा १४ औँ ओभरको पहिलो बलमा विलियमको बलमा अर्जुन घर्तिको हातबाट क्याच आउट भए।
सोही ओभरको तेस्रो बलमा माइकल लिस्क २ रनमा बोल्ड आउट भए। अन्तिम बलमा नारायण जोशी १ रनमा एलबीडब्लु धरापमा परे।
रेमोन रेफरले २० तथा कप्तान कुशल भुर्तेलले १० रन थपे। विपिन खत्री १० रनमा रनआउट भए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।
पोखरालाई कम स्कोरका रोक्न घातक बलिङ गरेका विलियमले ६ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र २८ रन दिए। योसँगै एनपीएलको एकै खेलमा पाँच विकेट लिने उनी चौथो खेलाडी बनेका छन्।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend