Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनपीएलमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित


    मंगलबार, मंसिर २५ २०८१
    960
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लगातार चार खेल हारेको लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै जितको पहिलो स्वाद चाखेको हो ।

    रोहितको ४ विकेट प्रदर्शनमा १६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पूरै २० ओभर खेल्दा पनि ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । रोहितले ब्याटिङमा ८० रन बनाए । पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।

    चितवनका लागि लुक बेन्केनसटाइनले सर्वाधिक ३१ रन बनाउनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान कुशल मल्ल २०, रवि बोपारा १२ र सन्तोष कार्की १० रन बनाएर आउट भए ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मदतमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

    आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्खैछन् । सो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार