Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकार आफ्नै पार्टीबाट घेराबन्दीको सिकार भयो : प्रधानमन्त्री ओली


    सोमबार, पुष ६ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार घेराबन्दीको सिकार भएको बताएका छन् ।

    सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो समयदेखि आफ्नै पार्टीबाट सरकारलाई काम गर्न नदिइएको गुनासो गरेका हुन् ।

    संसद विघटनपछि विकसित घटनाक्रमलाई लिएर सम्बोधन गरेका उनले सरकारलाई निरन्तर काम गर्नबाट रोक्न खोजेपछि आफूले पछिल्लो कदम चालेको प्रस्टीकरण दिएका हुन् ।

    पार्टीमा लामो समयदेखि विवाद चल्दै आएको र सोही विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षका बीचमा कार्यविभाजन गरी एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीका काम गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको उनकाे जिकिर थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार